काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ६ सय ३२ जनामा नमुना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ३ सय १५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै मुलुकभर सङ्क्रिय सङ्क्रमितको संख्या ७ हजार १ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ११ हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।