चितवन – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणी किनारमा हुँदैछ । यो महाधिवेशनबाट एमालेले मुख्यतः चारवटा सन्देश दिन खोजेको बताइएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञावलीले चितवनबाट फर्कदा एमालेले चारवटा सन्देश दिने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अनेकन षडयन्त्रका बीच पनि एमाले एकताबद्ध र राष्ट्रिय राजनीतिको निर्णायक शक्ति हो भन्ने पुष्टि गर्नेर्छौ ।“नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट दिन खोजेको चार सन्देशमा एक राष्ट्रिय राजनीतिमा देखिएको चुनौती र लोकतन्त्रको चिरहरण भै रहेकोबारे शसक्त रुपमा प्रस्तुत हुने, दुई सबै तहका निर्वाचनमा पहिलो शक्तिका रुपमा उदाउन नयाँ उर्जा सहित क्रियाशील हुने तीन मुलुकको समृद्धिको यात्रामा उत्पन्न भएको अबरोध र चार जनताको आकाङ्क्षामा चिसो पानी खन्याएको अवस्थामा मुर्छित सपनाहरु ब्यूताएर फेरि नागरिकमा आशा जगाउनु रहेको एमाले प्रवक्ता प्रदीप ज्ञावलीले बताउनुभएको छ ।