काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।


यससँगै ३ सय ८ जना कोरोना सङ्क्रमित मध्य ३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय १६ पुगेको छ ।


पछिल्लो २४ घण्टामा ७ हजार १ सय ४ पीसीआर तथा १ हजार ८ सय ५ एन्टिजेन परीक्षण भएकोमा आज २ सय ९८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ३ सय ४९ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।