फाइल तस्वीर

चितवन – नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताउनुभएको छ । एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक समेत रहनुभएका पाण्डेले महासचिव पद नपाए कुनै पदाधिकारीमा नउठ्ने बताउनुभएको हो ।

उहाँले महासचिव पद नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने दाबी गर्नुभएको छ । भोलिदेखि सुरू हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएका एमाले स्थायी कमिटी सदस्य पाण्डेले महासचिव पदमा दाबेदारी गर्नुभएको छ ।