काठमाडौं – कागती भिटामिन सीको स्रोत हो भने पानी हाम्रो जीवन हो । जब दुवै बस्तु हामीले मिलाएर सेवन गर्छौं भने नसोचेको फाइदा हामीले लिन सक्नेछौं । यसका फाइदाहरु के कस्ता छन् भन्नेबारे प्रकाश पार्नेछौं ।

पानीको सेवन कम गर्नाले थुप्रै रोगहरू हामीले पाएका छौ । कागतीसंग पानी मिलाएर सेवन गर्दा यसका थुप्रै फाइदा हामीले उठाउन सक्नेछौं । कागती अमेलो प्रजातीको फल हुनाले र जिब्रोले समेत अमिलो बढी खोज्ने हुनाले यसबाट बढी फाइदा उठाउन सक्छौं ।

दैनिक रुपमा एक गिलास तातो पानीमा कागती मिसाएर खाँदा हाम्रो शरीरलाई निकै ठुलो फाइदा पुर्याउने गर्दछ । दैनिक एक गिलाँस तातो पानीमा आधा कागती निचरेर खाँदा हुने फाइदाको बारेमा तपाईले कल्पना पनि गर्नु भएको छैन होला ।

यस्ता छन् कागती पानी सेवन गर्नुका फाइदाहरु

१. दिमाग र शरीरलाई फ्रेस

नियमित एक गिलास तातो पानीमा कागती (Lemon) मिसाएर सेवन गर्दा दिमाग र शरिरलाई फ्रेस राख्न मद्धत गर्दछ ।

२. कागतीमा पाइने भिटामिन ‘सि’को फाइदा

कागतीमा पाइने भिटामिन ‘सि’ जसले हाम्रो शरिरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दछ । जसले चिसोका साथै विभिन्न रोगसँग लड्ने क्षमताको विकास गर्दछ ।

३.कागतीमा हुने एन्टिअक्सिडेन्टको फाइदा

कागती पानीमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रमा रहेको हुन्छ । जसका कारण यसको नियमित सेवनले छालालाई सँधै जवान र ताजा राख्न मद्धत गर्दछ ।

४. कागती पानीले

कागती पानीले हाम्रो मुत्र नलीलाई सफा राख्न मद्धत जसले गर्दा हाम्रो शरीरमा जम्मा भएर बसेको टक्सिनलाई बाहिर निकाल्न मद्धत गर्दछ साथै कलेजोलाई स्वच्छ राख्न मद्धत गर्दछ ।

५. कागतीमा पाइने पोटासियमले दिने फाइदा यस्तो छ

कागती पानीबाट प्रशस्त मात्रमा पोटासियम प्राप्त हुन्छ जसले हाम्रो ब्रेन ( दिमाग) र शरिरका अन्य (नर्भ) ज्ञानेन्द्रीय अंगहरुको कामलाई प्रभावकारी बनाउन मद्धत गर्दछ ।

६. छाला सम्बन्धि रोगमा

यदि तपाईले दैनिक एक गिलास तातो पानीमा कागती मिसाएर खानुभयो भने २१ दिनमा तपाईको छालामा निकै ठुलो परिवर्तनको महशुस गर्नुहुनेछ । यसले तपाइको छालालाई ताजा र जवान देखाउँछ ।

७. किड्नी स्टोनमा

कागती पानी नियमित खानेहरूलाई किड्नी स्टोन जम्नबाट रोक्दछ । किड्नी स्वस्थ राख्नमा पानीको राम्रो भुमिका छ ।

कागती पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । विशेषज्ञका अनुसार कागती पानी पिउँदा डिहाइड्रेन र पाचन प्रक्रियासम्बन्धी समस्यालाई कम गर्छ । साथै, यसले तौल कम गर्न पनि मद्दत गर्छ । तर, धेरै मात्रामा कागती पानी पिउँदा शरीरलाई बेफाइदा हुन्छ । के–के बेफाइदा हुन्छ ?

दाँतमा समस्या
अमेरिकी डेन्टल एसोसिएशनका अनुसार कागतीमा अधिक मात्रामा अम्लीयपना हुन्छ । त्यसैले बारम्बार दाँतमा लाग्दा दाँतको इनामेललाई खराब गरिदिन्छ । त्यसैले दाँतलाई खराब हुन नदिन स्ट्रको प्रयोग गर्न सकिन्छ । दाँतमा एसिड सीधा लाग्न नदिने यो उपाय उपयुक्त हुन्छ । कागती पानी पिउनेवित्तिकै दाँत माझ्न हुँदैन । कागती पानी पिएपछि सादा पनि पनि पिउन आवश्यक छ ।

पेट खराब
पेटका लागि कागती पानी फाइदाजनक हुन्छ । तर, पानीमा धेरै कागती मिसाउँदा पेटमा ग्यास्ट्रोओसोफेगल रिफ्लक्स र एसिड रिफ्लक्स जस्ता समस्या हुन सक्छ । यस्तो समस्या कागती जस्ता अमिला फलफूलबाट सुरु हुन्छ । यसका कारण छातीमा जलन, बान्ता हुने आदि समस्या हुन जान्छ ।

छालामा किटाणु
जर्नल अफ एनवार्यनमेन्टल हेल्थका अनुसार २००७ मा भएको एक अध्ययनका अनुसार २१ विभिन्न प्रकारका तरिकाबाट ७६ वटा कागतीको नमुना परीक्षण गरिएको थियो । जसबाट कागतीको बोक्रामा सुक्ष्म जीव पाइन्छ जुन रोगको कारण बन्नसक्छ । यसबाट बच्नका लागि पानीमा कागतीलाई सिङ्गै हाल्नुभन्दा यसको एक वा दुई थोपाको प्रयोग गर्न सकिन्छ ।

घाउ बढाउँछ
कागती पानीले घाउलाई दुखाई र जलन बढाउँछ । सानातिना घाउहरु एक हप्तामा नै ठिक हुने गर्छन् । तर अमेरिकी डेन्टल एसोसिएसनका अनुसार अत्यधिक मात्रामा कागती पानीको सेवनले सामान्य घाउहरु पनि बढ्न सक्छ । धेरै मात्रामा अमिलो फलफूल खाँदा घाउ निको हुन लामो समय लाग्छ ।

अमिलो फलफूल र माइग्रेन
अमिलो फलफूल र माइग्रेनबीच पुरानो सम्बन्ध रहेको छ । यस विषयमा गरिएको अनुसन्धानबाट अमिलो फलफूलले माइग्रेन बढाउने काम गर्छ । न्यूरोलोजिस्ट रेबेका ट्रबले हेल्थ म्यागाजिनलाई बताएअनुसार कागतीले माइग्रेन र टाउको दुखाई बढाउछ । कागतीमा अत्यधिक मात्रामा टाइरामाइन पाइन्छ । यस्ता खानेकुराले माइग्रेनको समस्या बढाउँछ । एजेन्सी