काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, २ हजार ३ सय ३० जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ३२ जना कोरोना मुक्त भई घर फर्किएका छन् । यसैगरी, ३ सय ५ जना सङ्क्रमित मध्य ४ जनाले ज्यन गुमाएका छन् योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय १३ पुगेको र हालसम्म देशभर ७ हजार ३ सय ६९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।