फाइल तस्वीर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ । नेपाल बारको अगुवाईमा भइरहेको आन्दोलन अन्तर्गत आज देशभरका उच्च अदालतमा पनि प्रदर्शन भएको छ । दैनिक २ घण्टा प्रर्दशन गर्दै आएको बारले प्रधानन्यायधीशको राजीनामा नआउँदासम्म आन्दोलन जारी राख्ने बताएको छ ।

आन्दोलनका कार्यक्रम अन्तरगत नै नेपाल बारले भोलि बिहिबार सर्वोच्च अदालत देखी प्रधानन्यायधीशको निवास बालुवाटारसम्म मार्चपास गर्दै छ । यसैबीच सर्वोच्चका न्यायधीशहरुले बेञ्च बहिष्कार गरेपनि प्रधानन्यायधीश राणाले आजका लागि १० वटा इजलास तोक्नुभएको छ । उहाँले ८ संयुक्त र दुई एकल इजलास सहित कूल २ सय २६ थान मुद्दाको पेशी तोक्नुभएको हो ।