काठमाडौं– सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझ सम्ममा आउने भएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६० जिल्लाका १ सय ४८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा आउनेक्रम जारी रहेको छ ।

आज बिहान सम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ । अन्य जिल्लाको मत परिणाम आउने क्रम जारी छ । १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौंमा हुन गैरहेको छ ।