फाइल तस्वीर ।
काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध एक महिनादेखि आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएसनको आन्दोलनमा मानव अधिकारकर्मीले प्रहरी हस्तक्षेपको विरोध गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य तथा अधिवक्ता मोहना अन्सारीले सर्वोच्च अदालत युद्ध मैदान नभए भन्दै तत्काल सर्वोच्च अदालत परिसरबाट दङ्गा प्रहरी हटाउनु माग गर्दै त्यसको विरोध गरेको छन् ।


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको अगुवाइमा जारी चौथो चरणको आन्दोलनका क्रममा मङ्गलबार बोल्दै अन्सारीले सर्वोच्च अदालत युद्ध मैदान नभएकाले दंगा प्रहरीलाई अदालतबाट तत्काल बाहिर निकाल्न माग गरिन् ।
उनले न्यायालयमा कलम र विचार (बहस) का लागि मात्र स्थान रहेको भन्दै प्रहरी र हतियारको प्रवेशले प्रधानन्यायाधीशसँगै न्यायालय र लोकतन्त्रको धज्जी उडेको धारणा व्यक्त गरेकी छन् । उनले प्रधानन्यायाधीश जबराप्रति इङ्कित गर्दै आफूलाई ईश्वर नठान्न र थप क्षतिको प्रतीक्षा नगर्न चेतावनी दिएकी छन् ।