फाइल तस्वीर ।
काठमाडौं– नेपाली काङ्ग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिका निम्ति भएको निर्वाचनमा पराजित हुन पुगेका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट खस आर्य पुरुषतर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका मुख्य सचिव पौडेल पराजित भएका हुन् । पराजित भएका पौडेलले ८३ मत पाए ।


काठमाडौं क्षेत्र नम्बर ७ बाट खस आर्य पुरुषतर्फ दक्ष भने पौडेल, रामशरण थपलिया र नगेन्द्रध्वज कार्की विजयी भएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्षसमेत रहेका मुकुन्द रिजाल क्षेत्रीय सभापति निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा जाने प्रतिनिधिहरुको निर्वाचन भैरहेको छ ।
पार्टीको १४ औं महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी युवा पुस्ता प्रतिनिधिको रुपमा छानिएका छन् । यसले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिका निम्ति निकै चुनौती हुने देखिएको छ ।