काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ

पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोरोना सङ्क्रमित मध्य ४ जना जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय पुगेको छ भने २ सय ५८ जना कोरोना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९ सय २१ पीसीआर तथा २ हजार ७ सय ७६ एन्टिजेन परीक्षण भएकोमा हाल देशभर ७ हजार २ सय ६९ सक्रिय सङ्क्रमित रहेको छन् ।