काठमाडौं – नेपाल बार एशोसिएनसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायत सघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुलाई ज्ञापनपत्र बुझाउने भएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले सोमबार महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाउने भएको हो । कानून व्यवसायीहरु प्रधानन्यायाधीश राणा विरुद्ध निरन्तर धर्ना र प्रदर्शन गर्दै आएका छन् ।

सोमबार दिउँसो सभामुख सापकोटासहित संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको संसदीय दलका नेता तथा प्रमुख सचेकतलाई जबरा विरुद्ध महाअभियोग लगाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउन लागिएको नेपाल बारले जनाएको छ । राजनीतिक दलहरुले प्रधानन्यायाधीश विरुद्ध महाअभियोग नलगाए उनीहरुका विरुद्ध समेत देशव्यापी रुपमा आन्दोलन गर्ने बताउँदै आएको छ । बारले हिजो गृहमन्त्री बालकृष्ण खाँणको समेत राजीनामा मागेको छ । नेपाल बारले हिजोदेखि तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । देशभरका बारहरु समेत आन्दोलनमा उत्रने भएका छन् ।