फाइल तस्वीर ।
काठमाडौं – कानून व्यवसायीहरु आन्दोलनको आन्दोलनको परवाह नगरी प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आज १२ वटा इजलास तोक्नु भएको छ । सर्वोच्च अदालतमा सोमबारका लागि १२ वटा इजलास तोकिएको छ । आज तोकिएका इजलासमध्ये एउटा एकल ११ वटा संयुक्त इजलास रहेका छन् । चार सय ५४ वटा रिट निवेदन र मुद्दाका लागि आज १२ वटा इजलास तोकिएको हो । प्रधानन्यायाधीश राणाले आफुलाई भने इजलास नराखेको सर्वोच्चले बताएको छ ।


आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ । प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाल, दीपककुमार कार्की र हरिप्रसाद फुयाल, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठ, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, डा.आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्मा, डा.आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तान, अनिलकुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र डा. मनोजकुमार शर्मा, तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना तथा तेजबहादुर केसी र डा. मनोजकुमार शर्माका लागि संयुक्त इजलास तोक्नुभएको छ । साथै प्रकाशमान सिंह राउतका लागि एकल इजलास तोकिएको सर्वोच्चले जनाएको छ ।


न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँग एउटै बेञ्चमा नबस्ने र इजलासमा समेत नराख्न भनेपछि राणाले केही दिनदेखि आफु इजलासमा नबसी अन्य इजलास गठन गर्दै आउनुभएको छ ।


गत बुधबार सर्वोच्च अदालतको पूर्व बैठकले गोलाप्रथाबाट पेशी तोक्नका लागि नियमावली संशोधन गरेको थियो । तर उक्त नियमाली हालसम्म राजपत्रमा प्रकाशित नभएकाले सर्वोच्च अदालतमा अझैपनि गोलाप्रथा सुरुहुन सकेको छैन । नियमावली संशोधन राजपत्रमा प्रकाशित भएपनि पुनः फुलकोर्ट बसेर गोलाप्रधा कार्यान्वयनमा लैजाने गरी निर्णय भएको र राजपत्रमा प्रकाशित भए लगतै फुलकोर्ट बस्ने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताउनु भएको छ ।