फाइल तस्वीर ।

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी गराएका छन् ।

आजको बैठक अर्कोसाता चितवनमा हुने पार्टीको दशौं महाधिवेशको तयारी र प्रतिनिधि मनोनयनका विषयमा छलफल हुने छ । एमाले महाधिवेशनका लागि पदेन र मनोनित गरी १ हजार ९ सय ३ जना प्रतिनिधि छनोट भएका छन् । अझै ५ प्रतिशत मनोनित गर्न बाँकी रहेको एमालेले जनाएको छ ।


महाधिवेशको उद्घाटनसत्रमा देशभरबाट पाँचलाख कार्यकर्ता उतार्ने भनेको एमालेले मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहामा हुन लागेको दशौं राष्ट्रिय महाधिवेशनमा दुईहजार जनाभन्दा बढी प्रतिनिधि सहभागी हुने सचिव तामाङले जानकारी गराए ।