काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३८ जनामा कोरोना सङ्क्रमण मध्य १ जना को मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ९६ पुगेको छ । ३ सय ७० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ४५ पीसीआर तथा १ हजार २ सय ७८ एन्टिजेन परीक्षण भएकोमा देशभर ७ हजार १ सय ६४ सक्रिय सङ्क्रमित रहेका छन् ।