प्रतीकात्मक तस्वीर
काठमाडौं —डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आज दिउँसो अमरगढी नगरपालिका–२ आइतबार नजिक ट्याक्टर दुर्घटना भएको हो ।
सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९ ६२ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताउनुभयो । सिमेन्ट लोड बढी भएर ट्याक्टर दुर्घटना भएको अनुमान गरिएको छ । मोडमा ट्याक्टर पल्टिएको हो,’
घाइते सात जनामध्ये एकको अवस्था गम्भीर रहेको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताउनुभयो । घाइते सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।