काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज पछिल्लो चौबीस घण्टामा थप २ सय ४२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । आज ४ हजार १ सय ४५ जनाको पीसीआर विधिबाट र २ हजार ९ सय ९१ जनाको एन्टिजेन परीक्षणविधिबाट कोरोना भाइरस सङ्क्रमणको परीक्षण भएको थियो ।


कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये उपचारकै क्रममा आज एक जनाको मृत्यु भएको उक्त मन्त्रालयले जनाएको छ । आजसम्म नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ९५ जना पुगेको छ । यो सङ्ख्या बढ्नेक्रम जारी छ ।
आज शनिबार ४ सय ४४ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका छन् । हाल देशभर ७ हजार ३ सय ३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।