फाइल तस्वीर ।
काठमाडौं – एमालेको आसन्न १० औं महाधिवेशन चितवनमा गरेर आफुलाई सिध्याउन खोजेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाउनु भएको छ । प्रदेश नम्बर २ अन्तगर्त रौतहटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डेले आफूलाई सिध्याउने उद्देश्य राखेर नै एमालेले पार्टीको महाधिवेशन त्यहाँ राखेको धारणा व्यक्त गर्नु भएको हो ।

अध्यक्ष प्रचण्डले तर जनताको अगाडि आफुलाई सिध्याउन नसक्ने भन्दै चितवनका जनताले आफुलाई साथ दिएको बताउनु भएको छ । ‘अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि महाधिवेशन गर्दैछ, एमालेलाई लक्षित गर्दै प्रचण्डले ‘मैले त भन्ने गरेको छु, प्रचण्डलाई माया गरेका छन्, तर उनीहरु माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन्, तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन’ – भन्नुभएको छ ।

अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी हुने दावी समेत गर्नुभएको छ । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अर्को प्रसङ्गमा आफु राजधानी फर्किए लगतै श्रीराम सुगर मिल सञ्चालन गर्ने विषयमा छलफल गर्ने समेत बताउनु भएको छ ।