काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र थप १ सय २० जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ९१, ललितपुरमा १९ तथा भक्तपुरमा १० जना कोरोना सङ्क्रमित थपिएका हुन् भने २ सय ९६ जनामा कोरोना सङ्क्रमित मध्य ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ९४ पुगेको छ भने आज ३ सय ६९ जना कोरोना सङक्रमणमुक्त भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ७ सय ७७ पीसीआर तथा १ हजार १ सय ९५ एन्टिजेन परीक्षण भएको मध्य हाल ७ हजार ५ सय ३९ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।