प्रतीकात्मक तस्वीर
काठमाडौं — काठमाडौंको माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक स्थायी घर भएका २१ वर्षीय रोमन मल्लिकार रहेका छन् । मृतक मल्लिकार मोटरसाइकलमा पछाडि सवार थिए । आज बिहान साढे २ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा माइतिघर स्थित अन्नपुर्ण न्युरो अस्पतालमा लगिएको थियो सोही क्रममा उनको राति नै मृत्यु भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२, ०२४ प ६७ ७१ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे अनियन्त्रित भई दुर्घटना भएको हो । मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।