काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९९ जना कोरोना सङ्क्रमित थपिएका छन् । ११ हजार १ सय ५१ जनामा गरिएको नमूना परीक्षणमा २ सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो समयावधिमा २ सय ९९ जना कोरोना सङ्क्रमित मध्य ६ सङ्क्रमितको मृत्यु भएको छ भने २ सय ६० जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ७ हजार ६ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।