फाईल तस्वीर
काठमाडौ— सर्वोच्च अदालतमा पूर्ण बैठक (फुलकोर्ट) बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दिउँसो १ः३० बजेका लागि फुलकोर्ट बैठक बस्न लागेको प्रधानन्यायाधीशको सचिवालयले जानकारी दिनुभएको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरु दुई हप्तादेखि निरन्तर धर्नामा हुनुहुन्छ । त्यस्तै हिजो इजलास बहिष्कार गर्दै आउनुभएका न्यायाधीशहरुले गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने समझदारी गर्नुभएको थियो । प्रधान न्यायाधीशले आजका लागि फुलकोर्ट बोलाउन मुख्य रजिस्ट्रारलाई भन्नुभएको थियो ।
सोही अनुसार आज प्रधानन्यायाधीश जबराले आजका लागि फुलकोर्ट बैठक बोलाउनुभएको हो । बैठकमा इजलास गठनमा गोलाप्रथा लागू गर्ने विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।