प्रतीकात्मक तस्वीर
काठमाडौं — सर्वोच्च अदालत परिसरमा भर्नामा बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच आज झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् ।

बार एसोसिएसनका वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो । सो क्रममा दुई पक्षबीच सामान्य धकेलाधकेल हुँदै गर्दा ठुलै झडपसम्मको अवस्था सृर्जना भएको थियो ।
झडपका क्रममा बार एसोसिएसनका श्रेष्ठलगायत अन्य वकिलहरु पनि सामान्य घाइते हुनुभएको छ । श्रेष्ठले प्रहरीले लठ्ठीले छातीमा घोचेर ठेलेको दावी गर्नुभएको छ । वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित छन् ।