काठमाडौं– नेपालमा आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट चार सय १२ जना सङ्क्रमित भएका छन् । पछिल्लो चौबीस घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा १० हजार १सय ६ जनाको पीसीआर परिक्षण र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये १ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ८३ जना पुगेको छ ।

यसरी गरी आज बुधबार २ सय २ जनाले कोरोना भाइरसको सङक्रमणलाई जितेर घर फर्किएका छन् । देशभर अहिले ७ हजार ६ सय ३६ जना कोरोना भाइरसका सक्रिय सङक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ४९ जनामा सङ्क्रमण पुष्टिभएको छ । जसमध्ये काठमाडौंंमा १ सय २ जना, ललितपुरमा ३२ जना र भक्तपुरमा १५ जनामा मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।