फाइल तस्वीर ।

जनकपुरधाम – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदालतको समस्याका अदालतभित्रैबाट समाधान हुनुपर्ने बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डले जनकपुरमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै उक्त धारणा व्यक्त गरेका हुन् । प्रदेश २ को जनकपुर विमानस्थलमा बुधबार अध्यक्ष ‘प्रचण्ड’ले अदालतमा देखा परेका समस्याप्रति हिजो मङ्गलबार बसेको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकमा छलफल भएको र त्यसबारेमा गम्भीर ध्यनाकर्षण गरेको बताएका छन् ।


प्रदेश नम्बर २ को महोत्तरी जिल्लामा आयोजित एक कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष प्रचण्डले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग गरिएको साक्षात्कारमा अदालतको समस्या चाँडोभन्दा चाँडो समाधान हुने विश्वास प्रकट गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले ‘सबै पक्षले आ–आफ्नो ठाउँबाट समस्या समाधान गर्न पहल गर्दै आफूहरुले सन्तुलित वक्तव्य समेत दिएको जानकारी गराएका छन् । अध्यक्ष ‘प्रचण्ड’ले ,‘अचानक स्वास्थ्यमा समस्या देखापरेपछि कात्तिक २७ गते हुने कार्यक्रम स्थगित भएकोमा दुःख समेत व्यक्त व्यक्त गरेका थिए ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उपस्थितिमा महोत्तरी जिल्लाको रामगोपालपुरमा आमसभा भेला, पार्टी प्रवेश तथा आठ वटा उपस्वास्थ्य चौकीको एकैसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।