फाइल तस्वीर ।

काठमाडौं – कानून व्यवसायीहरुको आन्दोलनको कुनै पर्वाह नगरी प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आज नौ वटा इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले आज बुधबारका लागि दुई एकल र आठ संयुक्त इजलास तोक्नुभएको हो ।


सर्वोच्च अदालतका अनुसार आज प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोक्नुभएको छैन । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ । आजबाट सर्वोच्चका चार जना न्यायाधीशहरुले इजलासमा फर्किने निर्णय गर्नुभएको छ ।