काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने यससँगै कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ ।
गत २४ घण्टामा ७ हजार ५ सय ५४ पीसीआर तथा ४ हजार ८ सय ४८ एन्टिजेन परीक्षण भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ७८ पुगेको छ ।
आज २ सय ७० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ३ सय ११ सक्रिय सङक्रमित रहेका छन् ।