काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३ सय ६ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । चौबीस घण्टामा ८ हजार ८ जनाको पीसीआर तथा १ हजार ५ सय ९८ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको परीक्षण भएको मध्ये उक्त सङ्ख्याका सङ्क्रमित भेटिएका हुन् ।


यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सक्रमित मध्ये ६ जना को मृत्यु भएको छ । यो सङ्ख्यासँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ४८ जना जार ४ सय ७७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा आज आइतबार ३ सय ४८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर ७ हजार २१५ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।


यसैगरी काठमाडौं उपत्यकामा १ सय १३ जना सङ्क्रमित भएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ७६ जना, ललितपुरमा २९ जना र भक्तपुरमा ८ जनामा ३ सय ४८ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।