पूर्णमान शाक्य, फाइल तस्वीर ।
काठमाडौं – सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको आन्दोलन ‘ब्याक गियर नभएको आन्दोलन’ भएको बताए छन् । सर्वोच्च बारका अध्यक्ष समेत रहेको वरिष्ठ अधिवक्ता शाक्यले प्रधानन्यायाधीशको भूमिकालाई मान्यता दिने कुनै पनि कदम आफूहरुलाई स्वीकार्य नहुने दावी समेत गरेका छन् ।

प्रधानन्यायाधीश जबराका विरुद्ध इजलास बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच १९ जनाको बैठकबाट नियमावली संशोधन गर्ने र पेशी तोक्न गोलाप्रथा लागू गर्नु विषयमा आज छलफल भएको थियो । त्यसै कुरालाई लक्षित गर्दै अध्यक्ष शाक्यले सर्वोच्च अदालत परिसरमा धर्ना बसेका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश जबरालाई कुनै पनि भूमिकामा स्वीकार नगर्ने बताएका छन् । अध्यक्ष शाक्यले ‘यो ब्याक गियर नभएको आन्दोलन हो । उहाँको कुनै रोललाई मान्यता दिएर यो आन्दोलनलाई तुहाउन दिन्नौं ।’