काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन् । गत चौबीस घण्टामा देशमा विभिन्न प्रयोगशालाहरुमा ९ हजार १ सय ३४ जनाको पीसीआर एन्टिजेन विधिबाट १ हजार ९ सय ३२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये तीन मृत्यु भएको छ । यो सङ्ख्यासँगै हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण उपचारकै क्रममा मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ६९ जना पुगेको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये शुक्रबार ३ सय ८९ जना सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर ७ हजार ४ सय ९८ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


यसैगरी काठमाडौं उपत्यकामा आज थप १ सय ७१ जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टिभएको छ । जसमध्ये काठमाडौंमा १ सय २५ जना, ललितपुरमा ४२ जना र भक्तपुरमा ४ जनामा सङ्क्रमण पुष्टिभएको मन्त्रालयले जनाएको छ ।