काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी १० औं महाधिवेशनमा प्रयोग हुने लोगो सार्वजनिक गरेको छ । आगामी मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि एमालेले एकसिंगे गैंडाको मस्कट सहितको लोगो तयार पारेको हो । तुलसीलाल स्मृति भवन च्यासलमा पत्रकार सम्मेलन गरी महासचिव ईश्वर पोखरेलले उक्त लोगो सार्वजनिक गरेका थिए । लोगोमा गैंडाको मस्कटले कम्युनिस्ट पार्टीको झण्डा उचालेको छ ।

महाअधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले ‘महाधिवेशन चितवनमा गर्दैछौं । चितवनलाई पर्यटकीय दृष्टिले चिनाउन पनि गैंडाले पार्टीको झण्डा चलाएको लोगो तयार पारिएको हो’ जानकारी गराएका थिए । जलवायु परिवर्तनको असर न्यूनिकरण गर्ने सन्देश दिनपनि यस्तो लोगो तयार पारिएको नेता भट्टराईले बताए ।