काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ । आज बस्ने स्थायी कमिटीको बैठकले भोलि शनिबारदेखि हुने केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने विषयवस्तुकको एजेण्डा तय गर्ने छ ।


पार्टी स्थायी कमिटीको बैठक शुक्रबार दिउँसो २ बजे अर्पण ब्याक्विटमा बस्ने भएको छ । नेकपा (एस)ले भोलि शनिबार र पर्सी आइतबार गरी दुई दिन केन्द्रीय बैठक बोलाएको छ ।