काठमाडौं— पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट ३१७ जनामा सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत चौबीस घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा ९ हजार ६ सय ९ मा पीसीआर तथा ३ हजार ४४ एन्टिजेन परीक्षण भएको थियो ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये ६ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ४ सय ६६ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यसैगरी बिहिबार २७९ जना सङ्क्रमितहरु कोरोना भाइरसको सङक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयले जनाए अनुसार हाल देशभर ७ हजार ५३५ जना सक्रिय सङक्रमित रहेका छन् ।


त्यसैगरी काडमाडौं उपत्यकामा १५३ जना कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका छन् । जसमध्ये काठमाडौंमा ११० जना, ललितपुरमा ३६ जना र भक्तपुरमा ७ जनामा कोरोना भाइरसको सङ्क्रम पुष्टि भएको मन्त्रालयले जनाएको छ ।