नेत्रविक्रम चन्द ‘विप्लप’, फाइल तस्वीर ।


काठमाडौं– सरकारले हिजो बुधबार पेट्रोलियम पदार्थको मुख्य बृद्धि गरेको विरोधमा कार्तिक ३० गते नेपाल बन्द हुने भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेपाल बन्दको घोषणा गरेको हो ।

नेकपाका महासचिव चन्दद्वारा हस्ताक्षरित बिहीबार जारी विज्ञप्तीमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरेको उल्लेख छ ।

महासचिव चन्दले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै घोषणा गरेको विरोधका कार्यक्रमअनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मसाल जुलुस निकाल्ने र २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विरोध कार्यक्रम अन्तर्गत कार्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्नुका साथै कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गर्ने उक्त विज्ञप्तीमा जनाइएको छ ।