काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप ५ सय ३३ जनामा सङक्रमण पुष्टि भएको छ । गत चौबीस घण्टामा देशका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट १४ हजार ९ सय १८ तथा १८१८ एन्टिजेन परीक्षण विधिबाट परीक्षण गरिएकोमा उक्त सङ्ख्यामा सङ्क्रमित भेटिएको हो ।

स्वास्थ्य जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित मध्ये एक जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ५४ जना पुगेको छ ।

आज मङ्गलबार देशभरबाट ४ सय ८४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर ७ हजार ६ सय १२ जनासक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ११८ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा १३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।