काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ जना कोरोना सङक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ५३ पुगेको छ भने हाल देशभर ७ हजार ६ सय ५४ सक्रिय सङ्क्रमित रहेका छन् ।
यो सँगै ४ सय २५ जना कोरोना सङ्क्रमणमुक्तभई घर फर्किएका छन् गत २४ घण्टामा २ हजार ६ सय ६ पीसीआर तथा २ हजार ४ सय २० एन्टिजेन परीक्षण भएको छ ।