फाइल तस्वीर ।

काठमाडौं – सत्ता गठबन्धन दलहरुको बैठक आज साँझ बस्ने भएको छ । आज सोमबार साँझ बस्ने गठबन्धन दलको बैठकले सरकार सञ्चालनमा सहयोग गर्ने गरी समन्वय समिति बनाउने बारेमा छलफल हुने र तत्पश्चात् निर्णय गर्ने भएका छन् ।

यसअघि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको शीर्ष नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी थियो । तर त्यसको विरोध भएपछि समन्वय समिति बनाउन लागिएको हो । उक्त समन्वय समितिमा शीर्ष नेताहरु समेत रहने बताइएको छ । समितिमा दोस्रो तहका तीन÷तीन जना नेताहरु रहने एक नेतालाई बताएका छन् ।

गठबन्धनका पाँचमध्ये चार दल सरकार सहभागी छन् । गठबन्धनकै एक दल राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी छैन । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समानवादी र जनता समाजवादी पार्टीका नेताहरु रहेको कार्यदलले सरकार सञ्चालनसम्न्धी कार्यविधिको मस्यौदा समेत बनाइसकेका छन् ।