काठमाडांैं – चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई १० थान भेन्टिलेटर सहित एक सय थान अक्सिजन कन्सन्ट्रेटर र ३ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ । जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।


भेरोसेल कोरोना भाइरस विरुद्धको भेरोसिल खोप चिनियाँ उत्पादन हो । चीन सरकारले नेपाललाई यस अघिपनि पटकपटक यो खो अनुदानस्वरुप उपलब्ध गराएको थियो । नेपालमा भेरोसिल खोप लगाउनेको सङ्ख्या धेरै छ । चिनिया जनमुक्ति सेनाले उपलब्ध गराएको ती स्वास्थ्य सामग्री ग्रहण गर्दै प्रधानसेनापति शर्माले धन्यवाद दिनुभएको छ । नेपालमा भेरोसिल खोपको प्रभावकारिता राम्रो रहेको चिकित्सकहरु बताउँछन् ।