काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको आन्दोलनका थप कार्यक्रम ल्याउन नेपाल बार एसोसियसनले आजदेखि आन्तरिक छलफल गर्ने भएको छ । आन्दोलनका थप कार्यक्रम तय गर्न बारले देशभरका ९० वटा इकाईका पदाधिकारीसँग आज र भोलि छलफल गर्ने भएको हो ।

छलफलपछि आन्दोलनका नयाँ र सशक्त कार्यक्रम तय गरिने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभएको छ । बारले यसयघि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत र बार परिसरमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गरेको थियो ।
प्रधानन्यायाधीशले कार्तिक १७ गतेभित्र राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने बार एसोसियसनले यसअघि नै घोषणा गरिसकेको छ । प्रधानन्यायाधीश राणाले भन्नुभयो राजीनामा नदिने अडान लिँदै आएका छन् । उहाँले सर्वोच्चकै न्यायाधीशहरुको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावसमेत अस्वीकार गरिसकेका छन् ।

राणाले बैशाखपछि राजीनामा दिने आशय व्यक्त गर्दै आएका छन् । तर न्यायाधीशहरुले राणाको राजीनामा माग्दै इजलास बहिस्कार गर्दै आउनुभएको छन् । राणालाई राजीनामा दिन बाध्य पार्न उहाँहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दा सुनुवाइ गर्नसमेत अस्वीकार गर्नुभएको थियो ।