काठमाडौं — पछिल्लो २४ घण्टामा आज देशभर ४ सय ६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ११ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १० हजार २ सय ८७ जनामा भएको परीक्षणमा ४ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै थप ५ सय ५५ जना संङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १३ हजार ४ सय ३३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ६ सय ७४ जना पुगेको छ । सङ्क्रमितमध्ये ७ लाख ९२ हजार ८ सय ३२ जना निको भएका छन् भने ११ हजार ४ सय २७ जनाको मृत्यु भएको छ । हाल देशभर ९ हजार १ सय ७४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।