पछिल्लो २४ घण्टामा आज देशभर थप ५ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४ सय ४१ तथा एन्टिजेन विधिबाट ९२ जना सङ्क्रमण पुष्टि भएको हो ।

सोहि अवधिमा थप ४ सय ९० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९२ हजार २ सय ७७ जना सङ्क्रमणमुक्त भईसकेका छन् । नेपालमा निको हुने दर ९७.४ प्रतिशत पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३ सय १८ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ९ जनाको मृत्यु भएका छन् भने हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय १६ जना पुगेको छ । थप ६५ हजार २८ जना कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार अहिलेसम्म १ करोड ५९ लाख २३ हजार ३ सय ९ मात्रा खोप लगाइसकेका छन् । यसमध्ये पूर्ण मात्रा लगाउने ७२ लाख ५३ हजार २ सय ८५ जना रहेका छन् भने कम्तीमा एक मात्रा लगाउने ८६ लाख ७० हजार २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।