काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ७६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्या मन्त्रालयको अनुसार ५ हजार ७ सय ३१ जनामा पीसीआर परीक्षण गरिएकोमा ३ सय ७६ जनामा र २ हजार १ सय ६८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.४ प्रतिशत रहेकोे छ ।

पछिल्लो २४ घण्टामा ५ सय १८ जना कोरोना मुक्त भएका छन् । भने सोहि अवधिमा ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ७ पुगेको छ ।

त्यस्तै नेपालमा हाल ९ हजार ३ सय ७६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३८ हजार ८ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।