काठमाडौं – वरिष्ठ मुटुरोग विशेषज्ञ डा.उदयकुमार श्रेष्ठको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट ग्रसित डा. श्रेष्ठको उपचारका क्रममा नर्भिक अस्पतालमा गत शुक्रबार निधन भएको नेपाल चिकित्सक सङ्घले जानकारी दिएको छ ।

नेपाल चिकित्सक सङ्घका महासचिव डा.वद्री रिजालले विज्ञप्ति जारी गर्दै डा.श्रेष्ठले स्वास्थ्य क्षेत्रमा पु¥याएको अतुलनीय योगदान सधै स्मरणयोग्य रहने जनाउनुभएको छ । डा. श्रेष्ठ अल्का अस्पतालमा कार्यरत रहँदै आउनुभएको थियो ।