काठमाडौं – कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आज नेपाल बार एसोसिएसन परिसरमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गरेका छन् । कानून व्यवसायीहरुले आफूहरुको आन्दोलन न्यायालयविरुद्ध नभएको बताएका छन् । रहरले नभइ बाध्यताले प्रदर्शन गर्नु परेको उनीहरुको भनाइ छ । घोषित कार्यक्रमअनुसार बार एसोसियसनले कालोपट्टि बाँधेर प्रदर्शन गरेको हो ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भन्नुभयो– यो प्रदर्शन आफूहरुको रहर नभइ बाध्यता भएको र गलत प्रवृत्ति सच्याउने कोसिसविरुद्ध प्रदर्शन गरेका हौं । वरिष्ठ कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीले आफूहरुको प्रदर्शन न्यायालयविरुद्ध नभएको बताउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले आज कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

न्यायालयको विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसन र सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै विरोधका कार्यक्रम गरेका छन् । नेपाल बार एशोसिएसनले आगामी बुधबार अर्थात् कार्तिक १७ गतेसम्म प्रत्येक दिन सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध गर्ने र आन्दोलनका कार्यक्रम जारी राख्ने घोषणा गरेको छ ।