प्रतीकात्मक तस्वीर

काठमाडौं — कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा विद्युत प्रयोग गरी माछा मार्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ४ हरिहरपुरका वर्ष ३३ को हिरु मल्ल रहेका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पिपराकोअनुसार मल्लले घर नजिकको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा उहाँलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि उपचारका लागि जितपुरको सी एण्ड सी अस्पतालमा उहाँलाई लगिएको थियो ।

अस्पतालमा हिजो बिहीबार दिउसो १ बजे मृत्युभएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनुभयो । मल्लको शब पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।