काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ९० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार १ सय ४५ जनामा पीसीआर परीक्षण गर्दा ४ सय ९० जना र २ हजार ६ सय १ एन्टीजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेकोे छ ।

पछिल्लो २४ घण्टामा ५ सय ६९ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । सोहि अवधिमा थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ८८ जना पुगेको छ । त्यस्तै नेपालमा हाल १० हजार १ सय ५१ जना सक्रिय सङ्क्रमित रहेकाछन् । त्यस्तै स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १ लाख २५ हजार ५ सय २७ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।