प्रतीकात्मक तस्वीर
सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–४ काँकुमा बेवारिसे शव फेला परेको छ । हिजो अन्दाजी ६५ वर्षीया महिलाको शव बेवारिसे अवस्थामा लौकाखोलानजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।

मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको उहाँले बताउनुभयो । बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । —रासस