काठमाडौं– सर्वोच्च अदालत हाताभित्र आज कानुन व्यवसायीहरुबीच हात हालाहाल भएको छ । अदालत चल्नुपर्छ कि पर्दैन भन्ने विषयमा कुराकानी भइरहेका बेला भूमिनन्द चुँडाललाई विराट न्यौपानेले हात हालेका थिए । न्यौपानेको आक्रमणबाट चुँडालको कोट च्यातिएको छ । भूमिनन्द चुँडालले ‘न्यायाधीशहरुको बहिस्कार बेठीक छ । अदालत बन्द गर्नु हुँदैन, चल्नुपर्छ । यसको प्रभाव कानुन व्यवसायीहरुमा समेत प¥यो’ भन्दै बोलेपछि हात हालाहाल भएको हो ।

न्यौपानेले बारको निर्णयविपरीत किन बोलेको भन्दै चुँडाललाई हात हालेका थिए । चुँडालले न्यौपानेविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । न्यायाधीश र कानुन व्यवसायीको बहिस्कारका कारण आज पनि सर्वोच्च अदालतमा मुद्धाहरुको सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसियसनले अदालती कामकारबाही बहिस्कार गरिरहेका छन् ।