काठमाडौं – पछिल्लो समय पुरुषमा हुने स्तन क्यान्सरको समस्या बढ्न थालेको छ । अत्यधिक मोटोपन र मादक पदार्थको सेवनका साथै धुम्रपानले मानिसको जीवनशैलीलाई खराब बनाउँछ । यो बानीले कम उमेरमा नै क्यान्सरको सिकार भइन्छ । आजभोलि स्तन क्यान्सर हुने पुरुषको संख्या पनि बढ्न थालेको छ ।

पुरुषमा स्तन क्यान्सर महिलाको तुलनामा कम हुन्छ । हरेक वर्ष स्तन क्यान्सर भएका पुरुषको संख्या बढ्दै गइरहेको पाइन्छ । पुरुष स्तन तन्तुमा क्यान्सर सेल बनेपछि पुरुषमा स्तन क्यान्सरको समस्या देखिन्छ । करिब १० वर्ष पहिले क्यान्सरको समस्या केवल ५० देखि ७० वर्षका पुरुषलाई हुने गर्दथ्यो तर अहिले ४० देखि ५० वर्षमा पनि यसको सिकार भएका छन् ।

भारतको मङ्गलुरुको केएमसी अस्पतालका डाक्टर हरीष ईका अनुसार भारतमा अघिल्लो वर्षको तुलनामा यो वर्ष पुरुषमा स्तन क्यान्सरको समस्या बढी देखिन थालेको छ ।

लक्षण
पुरुष स्तन क्यान्सरमा सुरुमा गाँठागुठी देखिन्छ । त्यसपछि कम्मर दुख्ने, जन्डिस हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छ । पुरुषमा स्तन क्यान्सर वंशानुगत कारणले पनि हुने गर्छ । यसका साथै गाइनेकोम्यास्टियाबाट पीडितहरुलाई पनि स्तन क्यान्सरको सम्भावना बढी हुन्छ । एजेन्सी