काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव शेरबहादुर तामाङले आज शुक्रबार बिहान ११ बजे बैठक बोलाइएको बताउनुभएको छ । बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने कार्यक्रम रहेको छ ।

हिजो बसेको स्थायी कमिटी बैठकले गरेका निर्णयलाई आज बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने उहाँको भनाइ छ । स्थायी कमिटी बैठकले दसौँ राष्ट्रिय महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको थियो ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्तो छ बैठकको एजेण्डा